एनएमबी बैंकद्वारा नेपाल-भारत पैसा पठाउने नयाँ क्रस–बर्डर सेवा सुरु
nepalsamaya.com · Tue Jun 09 10:56:00 GMT 2026

एनएमबी बैंकले नेपाल-भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ 'इन्डो-नेपाल रेमिटेन्स' सेवा सुरू गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)सँगको सहकार्यमा सुरू गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन्। अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबी बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)