५ प्रतिशत मत बदर
ekantipur.com · Tue Nov 29 00:55:05 GMT 2022
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने देखिएको छ । १६५ क्षेत्रमध्ये निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबारसम्म अद्यावधिक १५३ क्षेत्रका १ करोड ६५ लाख २३ हजार १ सय ६३ मतदातामध्ये १ करोड १ लाख ५९ हजार ५७ जना अर्थात् ६१.४८ प्रतिशतले मतदान गरेका थिए । यसमध्ये ९६ लाख ४५ हजार ७ सय ४ मत सदर भएको छ । ५ लाख १३ हजार ३ सय ५३ अर्थात् ५.०५ प्रतिशत मत बदर भएको छ ।
०७४ मा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएको थियो । यसपटक आयोगले मत बदर घटाउन करिब ५० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च गरेको थियो । स्थानीय तह निर्वाचनमा २.४ प्रतिशत बदर भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)