यी युवकलाई पाँच वर्षदेखि किन बाँधियो साङ्लोमा ?
rajdhanidaily.com · Fri Dec 15 23:29:56 GMT 2023
लम्जुङ । मानसिक सन्तुलन गुमाएर पाँच वर्षदेखि साङ्लोले बाँधिएको अवस्थामा लमजुङमा ३० वर्षीय युवकको उद्धार गरिएको छ । मानवसेवा केन्द्र लमजुङबाट गएको एक टोलीले ती युवाको उद्धार गरेको हो । लमजुङ दूधपोखरी गाउँपालिका–२ भुम्लीचोक गाउँबाट साङ्लोले बाँधेर राखिएको अवस्थामा ती युवकलाई उद्धार गरिएको हो ।
उनी मानसिक सन्तुलन गुमाई पाँच वर्षयता टहरामा साङ्लोले बाँधिएर कष्टकर जीवन बिताउँदै आएका थिए । ३० वर्षीय मेघराज गुरुङलाई मानवसेवा आश्रम लमजुङ नेतृत्वको टोलीले उद्धार गरेको हो । भुम्लीचोक उनको मावली गाउँ भएको बुझिएको छ । गोरखा अजिरकोट गाउँपालिका–२ केप्रुङ घर भएका मेघराजलाई बुबा बेपत्ता भएपछि आमा विष्णुमाया गुरुङले माइतमा ल्याएर आफूसँगै राख्न थालेकी थिइन् । जवान भएसँगै मेघराज वैदेशिक रोजगारीमा कतार गए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)