दशैँ आयो, घर बनेनन् : तीन वर्ष बित्दासम्म टिनकै छानामुनि भूकम्पपीडित
kalakarmi.com · Sun Oct 18 05:48:01 GMT 2026

सुर्खेत- भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै दशैँ मनाउन बाध्य हुने भएका छन्।
लाभग्राही पहिचान, अनुदान सम्झौता र पहिलो किस्ता माग गर्ने प्रक्रिया अघि बढे पनि अधिकांश प्रभावित परिवारको स्थायी आवास निर्माण अझै सुरु हुन सकेको छैन। २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले तीन जिल्लाका १७ स्थानीय तहमा क्षति पुर्याएको थियो। पुनर्निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण विस्तृत क्षति मूल्याङ्कन, लाभग्राही विवरण प्रमाणीकरण र अनुदान वितरण प्रक्रियामा भएको ढिलाइलाई मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)