मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनमा नख्खु कारागारका फरार कैदी पक्राउ

annapurnapost.com · Sun Oct 18 05:46:53 GMT 2026

काठमाडौं : जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका-१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बस्दै आएका ३० वर्षीय राज सुन्दर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार २०८२ भदौ २४ गते नख्खु कारागारमा घटेको घटनाका क्रममा तामाङ फरार भएका थिए। उनी जबरजस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका थिए। प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको विशेष प्रहरी टोलीले तामाङलाई शनिबार बिहान ११ बजे गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)