मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भोजपुरको ओख्रेमा डाग्बुङ पदमार्ग निर्माण

rajdhanidaily.com · Sat Mar 09 23:32:00 GMT 2024

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुँरास) पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्र समेटेर डाग्बुङ (गुँरास) पदमार्ग निर्माण गरिएको हो ।

यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालिगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्रुयाउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए । यसलाई मुख्य पर्यटन क्षेत्रको रूपमा स्थापित गराउने लक्ष्यको साथ निर्माण थालिएको उनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवगमन बढाएर आर्थिक स्रोतका रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)