मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

ictsamachar.com

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुन:स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किट चार्ज गरी यसलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)