नीति तथा कार्यक्रमको बीचमै प्रधानमन्त्री शाह बाहिरिनुको कारण यस्तो रहेछ
barnanmedia.com · Mon May 11 23:05:34 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रममा सहभागी रहेका प्रधानमन्त्री बालेन शाह भने बिचमै बाहिरिएपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो।
यस विषयमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले स्पष्ट पारेका छन् । प्रमुख राजनीतिक सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले केही समय विश्राम लिनुपरेको बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)