१०० एमबीपीएसको इन्टरनेट प्याकेज लिँदा विश्वकप टीभी प्याकेज निःशुल्क
nepalsamaya.com · Tue Jun 09 11:03:28 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेट प्याकेज खरिद, नवीकरण वा अपग्रेड गर्दा आगामी फिफा विश्वकप २०२६ को ‘टीभी प्याकेज’ पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने आकर्षक बोनस अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको ‘इन्टरनेट विथ प्रिमियम आईपीटीभी’ प्याकेज नयाँ जडान गर्ने ग्राहकहरूले फिफा विश्वकपको टीभी प्याकेज बोनसका रूपमा निःशुल्क प्राप्त गर्नेछन्।
यसैगरी, सोही अवधिको इन्टरनेट प्याकेज नवीकरण गर्ने वा १०० एमबीपीएसभन्दा मुनिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले पनि यो सुविधा निःशुल्क पाउनेछन्।
यो बोनस प्याकेज सुचारू गर्न योग्य ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गर्नुपर्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए। बोनस नलिने ग्राहकका लागि ९९९ रुपैयाँ शुल्क यस बोनस अफरमा सहभागी नहुने अन्य एनटीटीभीका ग्राहकहरूले भने ९९९ रुपैयाँ शुल्क तिरेर यो प्याकेज खरिद गर्न सक्नेछन्।
यसका लागि आफ्नो टेलिभिजन सेटमा ‘हिमालय स्पोर्ट्स’ च्यानल छनोट गरी स्क्रिनमा नेपाल टेलिकमको मोबाइल नम्बर राख्नुपर्नेछ। मोबाइलमा प्राप्त हुने ओटीपी टीभी स्क्रिनमा राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई विश्वकप प्रत्यक्ष प्रसारण हेर्ने प्याकेज तुरुन्त सुचारु हुनेछ। यो प्याकेज ग्राहक सेवा केन्द्रबाट पनि सुचारु गराउन सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)