सीआईबीले समात्यो बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त
onlinekhabar.com · Tue Jun 09 10:56:59 GMT 2026

२६ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
देवीचन्द्र जोशी समेतको जाहेरीको आधारमा बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४७ वर्षीय राजु मिजारलाई सीआईबीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरका १२ र चेक अनादारका २ गरी १४ मुद्दा रहेको सीआईबीले बताएको छ ।
जसको बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रहेको छ । जरिवाना ४३ लाख २३ हजार ५४३ तथा क्षतिपूर्ति १ लाख ७२ हजार ९४१ रहेको छन् । यसका साथै ९० दिन कैदको सजाय समेत तोकिएको प्रहरीले बताएको छ ।
फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ