प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
nepalviews.com · Fri Jun 26 04:22:52 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगन गरिएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्को दिनका निम्ति तय गरिएको हो । विशेष कारणवश बैठक बस्ने दिन र समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
“आज मिति २०८३ असार १२ गते शुक्रबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १३ गते शनिबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ