‘छ माया छपक्कै २’ लाई दर्शकको साथ, दोस्रो दिनदेखि शो थपिँदै
kalakarmi.com · Sun Oct 18 06:43:23 GMT 2026

काठमाडौं– बडादशैँको अवसर पारेर प्रदर्शनमा आएको नषँ नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले सिनेमा हलमा दर्शकको उत्साहजनक साथ पाउन थालेको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले प्रदर्शनको दोस्रो दिन अर्थात आज आइतवारदेखि शोहरू हाउसफुल हुन थालेको र हलमा शो थपिने क्रम जारी रहेको बताएका छन् । निर्माण टिमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका जानकारी तथा कलाकार र समीक्षकका प्रतिक्रियाले फिल्मप्रति दर्शकको चासो बढ्दै गएको देखाउँछन् ।
दीपकराजले दर्शकलाई फिल्म हेर्दा आफ्नो अघिल्लो सफल फिल्म ‘छक्का पञ्जा’ सँग तुलना नगरी नयाँ कथाका रूपमा हेर्न आग्रह गरेका छन् । ‘दिमागमा छक्का पञ्जा नराखी आउनुहोस्, शोहरू हाउसफुल हुँदैछन्, शोहरू थपिँदैछन् । दर्शक खुशी हुनु हुनेछ,’ उनले मिडियासँग भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)