लागु औषधसहित चार पक्राउ
nayapatrikadaily.com · Tue Aug 09 17:19:00 GMT 2022
कास्की प्रहरीले जिल्लाका विभिन्न चार स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरूका साथबाट प्रहरीले तीन सय ७० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ स्थायी घर भई हाल पोखरा– १३ खत्रीचोक बस्ने ४४ वर्षीय सन्तोष भन्ने इन्द्रमान गुरुङलाई डाइजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा एक सय ५९ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)