मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु

nepalnews.com · Sun Oct 18 07:01:47 GMT 2026

भारत। भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो। ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो। उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)