फ्रान्सको पेरिससहित विभिन्न सहरमा आन्दोलन, चार सय बढी पक्राउ
hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ । फ्रान्समा शिक्षाको स्तर खस्किएको, शिक्षा क्षेत्रमा बजेट कटौती भएको र बढ्दो महँगीको विरोधमा आन्दोलन तीव्र बनेको छ। राजधानी पेरिससहित लिल, मार्सेली र लियोनजस्ता सहरहरूमा दिनहुँजसो भइरहेका प्रदर्शनका क्रममा आगजनी, तोडफोड र प्रहरीसँग झडपका घटनाहरू भएका छन्। शनिबार दिनभर भएका प्रदर्शनका क्रममा देशभरबाट ४०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।
गृहमन्त्री लरेन्ट नुनेजका अनुसार घट्दो क्रयशक्तिको विरोधमा भएको यस प्रदर्शनमा देशभर करिब ५ लाख ५० हजार मानिस सहभागी भएका छन्, जसमध्ये पेरिसमा मात्रै १ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। फ्रान्स २४ को रिपोर्ट अनुसार प्रदर्शनका क्रममा अवस्था निकै हिंसात्मक बन्दा एक जना प्रदर्शनकारीले हात गुमाएका छन् भने दर्जनौँ पसलहरूमा लुटपाट र सार्वजनिक सम्पत्तिमा आगजनी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)