एभर्टनले आर्सनललाई हरायो
pahilopost.com · Tue Dec 07 00:57:30 GMT 2021
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एभर्टनले आर्सनललाई हराएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले आर्सनलमाथि २-१ गोलअन्तरको जित निकालेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले किइरन टिअर्नेको पासमा गोल गरे। दोस्रो हाफमा एभर्टनका रिचार्लिसनले गोल फर्काउँदै एभर्टनले बराबरीमा ल्याए। त्यसअघि उनले गरेका दुई गोललाई रेफ्रीले अफसाइड करार दिएका थिए। एभर्टनको जितका लागि निर्णायक गोल इन्ज्युरी समयमा डेमराइ ग्रेले गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)