फ्रान्समा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन, ऐतिहासिक भवनमा आगजनी
nepalsamaya.com · Sun Oct 18 07:18:00 GMT 2026

काठमाडौं- फ्रान्समा बढ्दो महँगी र इन्धनको मूल्यवृद्धिविरुद्ध शनिबार करिब ८ लाख मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा राजधानी पेरिसमा राष्ट्रपति भवन एलिजे प्यालेसबाट करिब ४०० मिटर टाढा प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गरेका छन्।
लिमोज सहरमा नकाबधारी प्रदर्शनकारीले नगर भवनमा आगो लगाउँदा १४३ वर्ष पुरानो ऐतिहासिक भवन लगभग पूर्ण रूपमा ध्वस्त भएको छ। देशका विभिन्न भागमा प्रदर्शनकारी र प्रहरीबीच तनाव तथा झडप भएका छन्। फ्रान्समा करिब एक महिनादेखि जारी प्रदर्शन सुरुमा विद्यालयका विद्यार्थीले शिक्षक र शैक्षिक स्रोतसाधनको अभावविरुद्ध थालेका थिए। पछि यो आन्दोलन महँगी, न्यून ज्याला, पेन्सन वृद्धि र सार्वजनिक सेवाको सुधारको मागसहित देशव्यापी सामाजिक आन्दोलनमा परिणत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)