मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आरजु राइस मिलद्वारा धानको मूल्य निर्धारण

nayapatrikadaily.com · Thu Nov 03 00:38:00 GMT 2022

आरजु राइस मिलले खरिद गर्ने रञ्जित धानको न्यूनतम समर्थन मूल्य ११ सय रुपैयाँ प्रतिमन (४० किलो) निर्धारण गरेको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत प्रवद्र्धक रहेको मिलले किसानबाट खरिद गर्ने धानको समर्थन मूल्य तोकेरै खरिद प्रक्रिया अघि बढाउन लागेको हो ।

अहिले किसानले धमाधम धान भित्र्याउन थालेकाले खरिद मूल्य निर्धारण गरेको मिल प्रशासनले जनाएको छ । सो मूल्यमा खरिद गर्ने धानमा चिसोपना १८ प्रतिशतभन्दा बढी हुन नहुने मिलले जनाएको छ । मिलमा धान पुर्‍याएको दुई दिनभित्र किसानलाई रकम भुक्तानी दिने उद्योगले प्रतिबद्धता जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)