नयाँ गठबन्धनले जनतालाई आश्वस्त पारोस्
ekantipur.com · Wed Mar 06 01:02:24 GMT 2024
वर्ष–वर्ष दिनमा सरकार परिवर्तन हुनु विडम्बना हो । यसले देशको विकासको गतिलाई नकारात्मक असर पुर्याउँछ । बिनाविचार, बिनासिद्धान्त र बिनान्यूनतम साझा कार्यक्रम कहिले एउटासँग, कहिले अर्कोसँग मिलेर सरकार बनाउनु राम्रो हुँदैन ।
तथापि अब बन्ने सरकारले जनताका आधारभूत आवश्यकतामा ध्यान देओस्, विकासको आकांक्षालाई गति देओस् भन्ने चाहना सबैको हुन्छ । देशमा भ्रष्टाचार हटोस्, सुशासन कायम होस्, संसद् अल्पायुमै विघटन नहोस् भन्ने जनताको चाहना छ । ती सबै कुरालाई सम्बोधन गर्न सके मात्र नयाँ गठबन्धनको अर्थ र उपादेयता हुन सक्छ । होइन भने जुन जोगी आए पनि कानै चिरेको मानिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)