तीन हजारको सामान खरिद गरेकी सन्तमाया तामाङले जितिन् १० लाखको पुरस्कार
annapurnapost.com · Sun Oct 18 07:37:08 GMT 2026

काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ । आइतबार काठमार्डौंको न्यरोडस्थित विशाल बजार परिसरबाट असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो ।
दोस्रो पाक्षिकको पुरस्कार अन्तर्गत १० लाखको पुरस्कार एसएस फेन्सी हाउसबाट तीन हजारको सामान खरिद गर्ने ग्राहक नुवाकोटकी सन्तमाया तामाङले जित्न सफल भएकी हुन्। पुरस्कार बिजेतालाई कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)