अर्थतन्त्र गतिशील बनाउन सरकार सफल
gorkhapatraonline.com · Fri Jun 30 06:29:01 GMT 2023
काठमाडौँ, असार १५ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। उहाँ २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।
सरकारले छ महिनाको अवधिमा गरेका कार्यलाई ७७ बुँदामार्फत बिहीबार सार्वजनिक गर्दै न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कामलाई उच्च प्राथमिकतासाथ अघि बढाएको जनाएको छ। पछिल्लो छ महिनाको अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद् गठन भएको, राजस्व सङ्कलनमा वृद्धि, उद्देश्य अनुसार सञ्चालन हुन नसकेका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विकास समिति तथा बोर्डलाई एकआपसमा गाभ्ने तथा खारेज तथा पुनर्संरचना गर्ने प्रक्रिया सुरु भएको, लघुवित्त र सहकारीमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरी काम थालेको तथा अर्थतन्त्रलाई गतिशील बनाउन सरकार सफल भएको सार्वजनिक उपलब्धिको विवरणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)