मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

ratopati.com · Sun Oct 18 07:45:51 GMT 2026

काठमाडौँ । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष सो समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते तोकिएको हो। सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)