सिन्धुलीमा गाडी दुर्घटना हुँदा मृत्यु भएकामध्ये एक जनाको सनाखत
himalpress.com · Sun Oct 18 07:45:45 GMT 2026

काठमाडौँ – काठमाडौँ सिन्धुलीमा गाडी दुर्घटना हुँदा मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको छ। आइतबार बिहान काठमाडौंबाट खोटाङ जाँदैगरेको को. १ ज २९७६ नम्बरको टाटा सुमो फिक्कल गाउँपालिका–६स्थित सुनकोशी नदिमा खसेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा खोटाङ दिक्तेल मझुवागढी- ५ की युपना राई छन्। अरुको पहिचान हुन बाँकी छ। तीन जना अझै पनि वेपत्ता छन् । खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ। उनीहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको नेपाल बिपद ब्यबस्थापन वेश खुर्कोटबाट ९ जना गोताखोर सहित १० जना, ओखलढुंगाको हर्कपुरस्थित अस्थायी मनसुन बेसबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)