कृषि विकास बैंकमा नेपाल स्क्यान एण्ड पे सेवा थप विस्तार
ratopati.com · Sat Apr 29 06:45:00 GMT 2023
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आबद्धता सहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । यो सेवामार्फत भएको कारोबारहरूमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ ।
यो सेवाको सुरुवात पश्चात् कृषि विकास बैंकको मोबाइल बैङ्किङबाट नेपाल क्लियरिङ हाउस आबद्ध सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा सञ्चालकहरूको क्युआरमा कारोबार गर्न सहज भएको छ भने बैंकले नियुक्त गरेका विभिन्न ब्यबसायिक संघ संस्था तथा प्रतिनिधिहरूले सरल तथा सहज तरिकाले भुक्तानी स्वीकार गर्न सकिने भएको छ । यो सेवाबाट सङ्घीय सरकार तथा स्थानीय सरकारलाई सेवाग्राहीहरूले राजश्व लगायतका शुल्क समेत भुक्तानी गर्न सकिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)