ललितपुरमा दोहोरिए चिरिबाबु, मतदाताले भारी मतले जिताए मेयरमा
hamrakura.com · Tue May 24 00:00:00 GMT 2022
काठमाडौं । चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा दोहोरिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महर्जन दोस्रो पटक मेयरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई भारी मतले हराएका हुन् । दुवैको मतको अन्तर १८ हजार १ सय ६२ रहेको छ ।
महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)