पाथीभरा मन्दिरबाट सङ्कलन भयो ३३ लाख बढी भेटी
gorkhapatraonline.com · Sun Oct 18 07:55:02 GMT 2026

ताप्लेजुङको पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपियाँ भेटी सङ्कलन भएको हो।
पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । समितिको कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा तीन लाख १८ हजार ५ सय रुपियाँ, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपियाँ भेटी दर्शनार्थीले पाथीभरा चढाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)