मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार

ratopati.com · Sat Apr 19 19:58:00 GMT 2025

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित हासिल गरेको छ । शनिबार भएको ३६ औं खेलमा लखनऊले राजस्थान रोयल्समाथि दुई रनको रोमान्चक जित निकालेको हो । यो जितसँगै चौथो स्थानमा उक्लिएको लखनऊले आठ खेलबाट १० अंक बनाएको छ । समान खेलबाट राजस्थानको ६ अंक छ ।

पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर राजस्थान सामु १८१ रनको चुनौति पेश गरेको थियो । जवाफमा राजस्थानले निर्धारित २० ओभरमा १७८ रन मात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)