यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते
annapurnapost.com · Sun Oct 18 08:05:39 GMT 2026

चितवन : राप्ती नगरपालिका–२,सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। आइतबार बिहान १०:४५ बजेतिर भरतपुरबाट हेटौँडातर्फ हुँदै राजविराज जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)