समाजवादको विकल्प छैन : श्रेष्ठ
ratopati.com · Sat Oct 07 23:24:00 GMT 2023
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि मजदूरहरूले समाजवादको बाटो लिनुपर्ने बताएका छन् । शनिबार पुस्पलालपथ ढल्कोमा आयोजित जसपा मजदूर विशेष जिल्ला समितिको पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
श्रेष्ठले पहिचान र अधिकार प्राप्तिका लागि सङ्घीयता, विपन्नताबाट मुक्ति र समतामूलक समृद्धिका लागि समाजवाद आवश्यक भएकाले पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा सङ्घीय समाजवादको नारालाई अगाडी सारेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)