भक्तपुरमा भेटियो नेपालका लागि नयाँ प्रजातिको चरा
ratopati.com · Tue Jul 22 19:33:00 GMT 2025

काठमाडौँ । भक्तपुरको मध्येपुर थिमी मनोहरा फाँटमा नेपालका लागि नयाँ प्रजातिको चरा ‘साइबेरियन स्यान्ड प्लोभर’ अभिलेख गरिएको छ। यस चरालाई नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ दिइएको छ।
समुद्र सतहदेखि १,३१९ मिटरको उचाइमा अवस्थित उक्त क्षेत्रमा चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले चरा अवलोकनका क्रममा पहिलोपटक देखेका थिए। टोलीले फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण पेस गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)