तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग
nepalnews.com · Sun Oct 18 09:08:32 GMT 2026

काठमाडौं। सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खुला गरिएको हो। यो अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।
दशैं र तिहारजस्ता चाडपर्वका लागि सामान आयात गर्नुपर्ने बेला नाका बन्द हुँदा व्यापार प्रभावित भएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले नाका तत्काल र नियमित रूपमा सञ्चालन गर्न माग गरेको छ। संघका महासचिव रामचन्द्र पराजुलीले नियमित सञ्चालनका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। पराजुलीले भने, ‘तीन दिनमात्र होइन, नियमित सञ्चालनका लागि माग राखेका छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)