इन्डोनेसियामा भवन भत्किँदा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
ratopati.com · Sun Sep 07 18:38:00 GMT 2025

जाकार्ता। इन्डोनेसियाको जाभा टापुस्थित पश्चिम जाभाको बोगोर जिल्लामा आइतबार एक सामुदायिक भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे स्थानीय विपद् व्यवस्थापन अधिकारी मोहमद आदम हमदानीले जानकारी दिएका हुन् ।
उक्त भवनमा करिब सय जना मानिस, मुख्यतः महिला, पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा कुरान पाठका लागि भेला भएका थिए । सोही समयमा भवन अकस्मात् ढलेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)