फ्रान्सेली इतिहासका क्रान्ति र विद्रोह सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो
khabarhub.com · Sun Oct 18 09:40:13 GMT 2026

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी पेरिस र अन्य शहरमा व्यापक हिंसा मच्चिएको छ । बढ्दो महँगी, विद्यालयको खस्किँदो अवस्था तथा सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध लाखौँ मानिसहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा हिंसात्मक झडप भएको छ । सीजीटी युनियनका अनुसार देशभर करिब ५ लाख मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए । राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको विरोध गर्दै पेरिसका सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले म्याक्रोंको राजीनामा समेत मागेका छन् । प्रदर्शनमा विशेष गरी युवा, विद्यार्थी र सर्वसाधारण सहभागी रहेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)