काठमाडौंबाट रौतहट जाँदै गरेको ईभी भीमफेदीमा दुर्घटना- ११ जना घाइते चालक फरार
nepalpress.com · Sun Oct 18 09:38:28 GMT 2026

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका- १ बादरेभीरस्थित हेटौँडा–भैँसे सडक खण्डमा आज दिउँसो विद्युतीय सवारी साधन (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दिउँसो करिब १२:३० बजे अनियन्त्रित भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँ किनारको नालामा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)