के हो कथा ‘सिटामोल’को, नवीन्द्रराज जोशीको पहलमा कसरी ब्यूँतियो यो बेहोशीबाट ?
lokpath.com · Fri Mar 26 17:21:25 GMT 2021
काठमाडौं । काठमाडौंका रैथाने नवीन्द्रराज जोशी । उनको पैतृक सम्पत्ति प्रशस्त थियो र त उनमा कुनै लोभलालच भएन । भयो त केवल देश र जनताको हितमा कसरी काम गर्ने भन्ने चिन्ता मात्र । विद्यार्थीकालबाटै राजनीतिमा होमिएका उनी मन्त्री, सांसद सबै भए तर व्यक्तिगत स्वार्थका लागि कहिल्यै लागेनन् । बरु उनी प्रचण्ड नेतृत्वको सरकारका पालामा उद्योगमन्त्री हुँदा उद्योगसँग सम्बन्धित सुधारका कामहरु गरेर तारिफयोग्य पात्र बने ।
२०६७ सालदेखि पूर्ण रूपमा बन्द भएको सिटामोल उद्योगलाई पुनःजन्म दिन उनले निकै भूलो भूमिका खेलेका थिए । उनकै पहलमा उद्योगले जीवनजल उत्पादनसँगै लय समातेको थियो । सिटामोलपछि एमजिट, आइरन चक्की, जीवनजल, नेमोक्सिल, डिस्टिल वाटर, कफहिष्टलगायतका औषधि उत्पादन बाटो पनि त्यसैबाट खुलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)