कात्तिक १७ र १८ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
kalakarmi.com · Sun Oct 18 09:44:09 GMT 2026

काठमाडौं- दशैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने पहिलो चरणको कार्यक्रमको मिति स्थगित गरिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ ।
सरकारले नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । तर, यस वर्ष पहिलो चरणको निर्धारित मितिमा दशैँको सार्वजनिक बिदा परेकाले कार्यक्रम सारिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)