पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै
barnanmedia.com · Sat Apr 19 21:50:52 GMT 2025
मोरङको पथरीशनिश्चरे नगरका २ वटा वडाहरुले ग्रासरुटवाट फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्य राखेर फुटवल प्रशिक्षण कार्यक्रम ल्याएका छन् । पथरीशनिश्चरे वडाको २ नम्वर र ८ नम्वर वडाले फुटवल खेलाडी उत्पादन गर्न ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् ।
वडा नम्वर २ ले ए डिभिजन र वि डिभिजन लिगमा उत्कृष्ट प्रर्दशन गरेका फुटवलरलाई प्रशिक्षकको जिम्वेवारी दिएको छ । चर्च व्याइज युनाइटेडलाई लिग उपाधी दिलाउदाका मुख्य खेलाडी सन्तोष न्यौपाने र वि डिभिजनको आरसिटीवाट खेलेका अनिल चुडाल र लाल वहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)