भीमफेदीमा यात्रुवाहक माइक्रोबस नालामा खस्दा ११ जना घाइते, चालक फरार
kalakarmi.com · Sun Oct 18 09:56:20 GMT 2026

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाँदरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको यात्रुवाहक माइक्रोबस सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो । दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)