बैंक तथा वित्तीय संस्थाविरुद्ध आज काठमाडौंमा प्रदर्शन, ब्याज फिर्ताबारे राष्ट्र बैंकको रणनीतिले गरेन काम
nepalbahas.com · Thu Nov 03 16:45:04 GMT 2022
१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बढेको व्याज फिर्ता गर्न निर्देशन दिएपनि व्यवसायीहरुले राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाडौं उपत्यकाका उद्योगी व्यवसायीले शुक्रबार (आज) राजधानीको मुख्या क्षेत्रमा प्रदर्शन राखेका छन् । वित्तीय संस्थाले ब्याज बढाएर पीडित बनाएको आरोप व्यवसायीको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको संयोजनमा सबै जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको आह्वानमा शुक्रबार दबावमुलक प्रर्दशनको कार्यक्रम तय भएको उद्योग वाणिज्य संघ काठमाडौंले जनाएको छ । ब्याजदर वृद्धिको विरोधमा व्यवसायीले आन्दोलनमार्फत अत्यावश्क सेवाका रुपमा रहेको बैंक तथा वित्तीय सेवा बन्दसमेत गराउने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)