मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र

ekantipur.com · Mon Oct 31 01:09:18 GMT 2022

काठमाडौँ — नियमनकारी निकायले जारी गरेको ग्रीष्मकालीन उडान तालिकालाई अवज्ञा गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार जबर्जस्ती काठमाडौं–दिल्ली उडान गर्न खोज्दा दुईतर्फ ४ सय ५० जना यात्रु अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ५४ र दिल्लीमा १ सय ९६ जना अलपत्र परेका हुन् ।

बिहान ११ बजेदेखि त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रु साँझ ७ बजेसम्म बसे । विमानस्थल परिसरमै विरोध प्रदर्शन गरे । उता भारतबाट काठमाडौं आउने यात्रु पनि नयाँदिल्लीबाट आउन पाएनन् । काठमाडौंबाट दिल्ली हुँदै तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुले उडान छुटाउनुपर्‍यो भने गन्तव्यमा जान विमानस्थल आइसकेका दर्जनौं यात्रुलाई निगमले आफ्नै खर्चमा दुवैतर्फ होटलमा बास दिनुपरेको छ । काठमाडौंमा ३० र दिल्लीमा १ सय ९६ जनालाई होटलमा राखिएको छ । यसबाट निगमले करोडौं रुपैयाँको नोक्सान व्यहोर्नुपरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)