विराटनगर किंग्समा अनुबन्ध भए क्रिकेटका स्टार आन्द्रे रसेल
annapurnapost.com · Sun Oct 18 10:02:53 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विष्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित रसेलको आगमनसँगै विराटनगर किंग्सले आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबुत बनाएको छ।
वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई टी-२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ। दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका छन्। उनको उपस्थितिले विराटनगर किंग्सको ब्याटिङ र बलिङ दुवै पक्षमा थप शक्ति प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)