मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता उपहार कार्यक्रम: यी हुन् दशैंको मुखैमा लखपति बन्ने १७ जना

clickmandu.com · Sun Oct 18 10:10:23 GMT 2026

काठमाडौं । सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत वि.सं. २०८३ असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ देखि ३१ गतेसम्म) को भाग्यशाली विजेताहरूको घोषणा गरिएको छ । काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपाश्री निरौलाले गोलाप्रथा (लक्की ड्र) मार्फत संयुक्त रूपमा विजेताहरूको छनोट तथा घोषणा गरे ।

कार्यविधि अनुसार असोज महिनाको दोस्रो पाक्षिकका लागि कुल १७ जना उपभोक्ता भाग्यशाली विजेता बन्न सफल भएका छन् । जसमा १ जनाले १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार र १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँको दैनिक उपहार हात पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)