आज नरिवल खसाल्ने जात्रा
rajdhanidaily.com · Wed May 11 23:47:49 GMT 2022
ललितपुर । ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा बिहीबार मनाइँदै छ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्र्तगत नरिवल खसाल्ने जात्रा लगनखेलस्थित देउला टोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गुठी संस्थान ललितपुर शाखा कार्यालयले जनाएको छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेल पु-याएपछि बिहीबारका लागि नरिवल खसाल्ने जात्रा मनाउने तय भएको थियो ।
लगनखेलमा मत्स्येन्द्रनाथको रथ पु¥याएको चौथो दिनमा नरिवल खसाल्ने जात्रा मनाउने चलन छ । बुधबार रथलाई लगनखेलबाट तानेर नरिवल खसाल्ने देउला टोलमा पु¥याइएको थियो । मत्स्येन्द्रनाथको रथ र मिननाथ रथबाट एक÷एक वटा नरिवल खसालिने परम्परा छ । मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा योमरी खसालेपछि अन्तिममा नरिवल खसालिन्छ । परापूर्वकालमा कर्कोटक नामका नागराजसमेत रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसालेको जात्रा हेर्न गएको किंवदन्ती छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)