उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
makalukhabar.com · Tue Jun 09 11:31:08 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
काठमाडौँ