मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दशैं–तिहारमा घरमै बसेर नेपाली चलचित्र हेर्ने अवसर, सिनेमाघरमा ‘मुभी मेला’

nagariknews.nagariknetwork.com · Sun Oct 18 10:21:06 GMT 2026

दशैं–तिहारको लामो बिदामा परिवार र साथीभाइसँग घरमै बसेर नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दशैं–तिहार मुभी मेला’ सञ्चालनमा ल्याएको छ। मेलामार्फत दर्शकले विभिन्न नेपाली चलचित्र मोबाइलदेखि स्मार्ट टिभीसम्मका डिजिटल माध्यममा हेर्न सक्नेछन्।

चाडपर्वमा चलचित्र हेर्ने संस्कृतिलाई डिजिटल माध्यमसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा पछिल्लो समय चर्चामा रहेका तथा विभिन्न विधाका नेपाली चलचित्र समेटिएका छन्। सिनेमाघरले सार्वजनिक गरेको पोस्टरअनुसार ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ लगायतका चलचित्र प्लेटफर्ममा स्ट्रिमिङका लागि उपलब्ध छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)