सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
nepallive.com · Sun Oct 18 10:33:15 GMT 2026

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो सुनकोशी नदीमा खस्दा घाइते भएकी एक महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)