अख्तियारले ठूला भ्रष्टाचार काण्डका फाइल अघि बढाउन लाग्दा सर्वोच्चमा देखिएको हतारो
barnanmedia.com · Sat Apr 19 22:38:32 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत केही ठूला भ्रष्टाचार काण्डमा अनुसन्धान सकेर मुद्दा चलाउनै लागेपछि सर्वोच्च अदालतमा अस्वाभाविक हतारो देखिएको छ । पोखरा विमानस्थलको मुद्दा दायर गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत केही ‘ठूला माछा’ कानुनी फन्दामा पर्नेछन् र भ्रष्टाचार मुद्दाका कारण तत्कालै निलम्बनमा पनि जानेछन् ।
सूचना प्रविधि क्षेत्रको भ्रष्टाचारमा सुनील पौडेल र विकल पौडेलले जसरी भ्रष्टाचार र कमिसनको जालो सिंगापुरदेखि अमेरिकासम्म फैलाएको पाइएको थियो, प्रदीप अधिकारी उड्डयन क्षेत्रमा पनि त्यस्तै पात्र रहेको अख्तियारको निष्कर्ष छ । पोखरा विमानस्थलको मुद्दा अदालत पुगेलगत्तै अख्तियारले उनको सम्पत्तिसम्बन्धी मुद्दा अघि बढाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)