शारदीय नवरात्र : गरियो महागौरीको पूजा
nepalnews.com · Sun Oct 18 10:36:29 GMT 2026

काठमाडौं। शारदीय नवरात्रको आठौं दिन दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौं दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा, चौंथो दिन बुधबार कुष्माण्डा, पाँचौं दिन बिहीबार स्कन्दमाता, छैटौं दिन शुक्रबार कात्यायनी, सातौं दिन शनिबार कालरात्रि र आठौं दिन आज महागौरीको पूजा आराधना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)