ओखलढुंगा कारागारका कैदीबन्दीलाई कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाद्वारा खसी सहयोग
bishowkhabar.com · Sun Oct 18 10:39:46 GMT 2026

ओखलढुंगा। नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।
पार्टीमा भर्खरै प्राप्त गरेको नयाँ जिम्मेवारी, आजै पार्टी सभापतिको शपथग्रहणलगायत विभिन्न कारणले उनी स्वयं उपस्थित हुन नसकेपछि प्रतिनिधि कांग्रेस पार्टीको प्रवक्ता प्रदिप वानिय, जिल्ला सदस्य योगेश्वर अधिकारी, हेमराज राई, प्रकाश दाहाल, मानेभञ्ज्याङ सभापति हुकुम राई र मानेभञ्ज्याङ–०६, वडा सभापति गन्जुराम राई लगायत नेताहरूले कारागारमै हस्तान्तरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)