चुनावको मुखमा कर घटाउन दबाब दिँदै मुख्यमन्त्री, विपक्षमा अर्थमन्त्री
onlinekhabar.com · Sun Sep 18 16:37:25 GMT 2022
२ असोज, पोखरा । करको दर घटाउने विषयले गण्डकी प्रदेश सरकारमा विवाद सुरु भएको छ । चुनावको पूर्वसन्ध्यामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलेसहित केही मन्त्रीले अहिले आर्थिक ऐनले निर्धारण गरेको करका दरहरु घटाउन कसरत गरिरहेका छन् भने अर्थमन्त्री रामजी बराल त्यसको विपक्षमा छन् ।
१ असारमा अर्थमन्त्री बरालले प्रदेशसभामा पेश गरेर बजेटमा सांसद विकास कार्यक्रमलाई समावेश नगरेपछि प्रदेश सरकारभित्र विवाद देखिएको थियो । मुख्यमन्त्री पोखरेल र मन्त्रीहरु स्वयंम अर्थमन्त्रीसँग असन्तुष्ट बनेका थिए, तर उनको दल माओवादी केन्द्रले हटाउन नचाहेपछि बराल अर्थमन्त्रीमा रहिरहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)